१० भदौदेखि पोखराको पुरानो टुडिखेलमा तीजमेला

पाेखरा | साउन २२, २०७९

१० भदौदेखि पोखराको पुरानो टुडिखेलमा तीजमेला

 

पोखरा:  नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज २०७९ को अवसर पारि पोखरा महानगरपालीका १ स्थित पुरानो टुडिखेलमा तीजमेला हुने भएको छ । इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजना तथा सुरताल इभेन्ट एण्ड मल्टिमिडिया प्रालिको व्यवस्थापनमा हुने मेला आउदो १० देखि १६ भदौसम्म चल्नेछ् । 

 

प्रबेश नि शुल्क रहेको मेलामा मौलिक तीजगीत प्रतियोगिता, गृहणी नृत्य प्रतियोगिता, टपरि गास्ने प्रतियोगिता, गण्डकी प्रदेश स्तरिय छेलो प्रतियोगिता, विद्यालय स्तरीय नृत्य लगायतका प्रतियोगिताहरु हुने आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए । मेलामा दैनिक उपभोग्य सामान, कृर्षि, हस्तकला, बैक तथा वित्तिय सस्था, लत्ता कपडा, रेष्टुरेन्ट लगायतका विभिन्न स्टलहरु सगै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती सगै वाल उद्यान समेत रहनेछ ।

 

नेपाली मौलिक कला र सस्कृतीलाई जगेर्ना गदै करिव दुई दशक अघिदेखि तिजगित प्रतियोगिता गर्दै आएको केन्द्रले तीन वर्षअघि ०७६ सालमा पहिलो पटक तिजमेला आयोजना गरेको थियो । केरोनाका कारण गएको दुईवर्ष हुन नसकेकोको मेलालाई यसवर्षदेखी निरन्तरता दिन लागेको अधिकारीले जानकारी दिए । 

 

केन्द्रले पोखरा १ स्थित गाईघाट क्षेत्रमा निमार्ण गदै गरेको कृयापुत्री भबन निमार्णलाई आर्थिक सहयोग जुटाउने उदेश्य समेत मेलाको रहेको छ । मेलालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न केन्द्रले शनिबार वडामा रहेका विभिन्न संघ संस्था, राजनैतिक दलका प्रतिनिधी, आमा समुह, क्लबहरु, विभिन्न संघ संस्थाको सहभागीतामा वडा भेला समेत आयोजना गरेको थियो । भेलामा सहभागीहरुले मेलालाई सम्पन्न गर्न सवैले आ आफनो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । भेलाका प्रमुख अतिथी पोखरा १ का वडा सदस्य रामजी पौडेलले मेला केन्द्रको आयोजनामा संचालन हुने भएपनि यसलाई सफल पार्न सम्पुर्ण वडाबासीको कतव्य रहेकाले सहयोग गर्न आग्रह गरेका थिए । मेलाको सफलता असफलता वडावासी संग जोडीएकाले सकेको सहयोग गर्न अनुरोध गदै वडा कार्यालयका तर्फबाट गर्नुपर्ने सवै सहयोग केन्द्रलाई गर्ने प्रतिवद्धता जनाएका थिए ।
 

पाेखरा :  नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ ।   तस्बिरहरू:-     ...

थप पढ्नुहोस्

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्